लालबन्दी – सर्लाहीको मौसम अहिले बदली भएको छ ।
केही समयअघिबाट मौसम अचानक बदली भई पानी पर्लाजस्तो भएर बादल लागि अधेरो देखिएको छ । उत्तरी चुरेभेगका केही क्षेत्रमा पानी परिरहेको स्थानीयवासीले बताएका छन् ।
मौसम परिवर्तन हुँदा गर्मी केही कम भएको छ । नत्र यस क्षेत्रमा केही दिनदेखि बढेको गर्मीले जनजीवन असाध्य प्रभावित बनिरहेको छ । गर्मीले मानिसहरु छटपटाइरहेका छन् ।