नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–७, निवासी एक परिवारले मंगलबार जुटपानी आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
स्वर्गिय रेणुकान्त ढुंगानाको वार्षिक पुण्य तिथी (बरखी) को अवसर पारेर उनको परिवारले लालबन्दी–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेको हो । स्वर्गिय ढुंगानाका छोरा उमेश ढुंगाना, बुहारी सुनिता ढुंगाना, छोरी आशा खरेल र ज्वाइँ माधव खरेलले आश्रममा पुगेर खाद्यान्न सहयोग गरेको आश्रमले जनाएको छ ।
उनीहरुले आश्रममा ५० केजी चामल, ५ केजी चिउरा, २५ केजी आलु, २ लिटर तेल, ३ केजी दाल, नुन, मसलासहितका खाद्य वस्तु र ५ हजार नगद समेत प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।
पूर्व प्रधानाध्यापक एवं लालबन्दीका प्रतिष्ठित समाजसेवी ढुंगानाको गएको वर्ष कोरोना संक्रमणबाट ज्यान गएको थियो ।