नाढीमन – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले प्लस टू उर्तिण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार दिने पहिलो निर्णय गरेका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष महतोले छोरीलाई शिक्षाप्रति आकर्षित गर्ने र बालविवाह रोक्ने उद्देश्यले सो निर्णय गरेका हुन् । आफ्नो निर्णयबाट गाउँपालिकाभित्र बर्सेनि ५० प्रतिसत भन्दा बढी हुने बालविवाह र २० प्रतिसत भन्दा बढी कम उमेरमा हुने भागी विवाहलाई निरुत्साहित गर्न मद्धत पुग्ने गाउँपालिका अध्यक्ष महतोको विश्वास छ ।
महतोले छोरीहरुलाई शिक्षाको मूलधारमा ल्याई आफ्नो खुट्टामा आफै उभिन समेत यो निर्णयले टेवा पुग्ने बताए । जिल्लामा अहिले अन्य पालिकाका प्रमुखहरुले पनि धमाधम पदभार ग्रहण गरी लोकप्रिय निर्णयहरु गरिरहेका छन् ।