हरिवन – सर्लाहीको लालबन्दी नगरपालिकामा निर्वाचन अधिकृतको भूमिकामा रहेर काम गरिरहेका हेटौंडा निवासी विनोदलाल श्रेष्ठले मानव सेवाश्रम नयाँरोडमा शनिबार आर्थिक सहयोग गरेका छन् ।
उपसचिव श्रेष्ठले सडक मानवहरुको उद्धार गरेर संरक्षण गरिरहेको मानव सेवाश्रमको सर्लाही शाखा नयाँरोडमा पुगेर स्व–इच्छाले ८ हजार २०० रुपैयाँ प्रदान गरेका हुन् ।
श्रेष्ठले आश्रमका अभिभावक सुकेदव कार्की, आश्रमकी संयोजक सम्झना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।