logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा माओवादीलाई उछिन्दै कांग्रेस आयो अगाडि, दोस्रोमा एमाले


  • उज्यालो अभियान

लालबन्दीमा जारी मतगणना । तस्बिर : उज्यालोे अभियान)

लालबन्दी – लालबन्दी नगरपालिकामा वडा नं. १, २ र ३ को मतगणना चलिरहँदा नेपाली कांग्रेसका बासुदेव अधिकारीले अग्रता बढाएका छन् ।

वडा नं. १ र २ को मात्रै गणना गर्दा दोस्रो स्थानमा रहेका अधिकारी वडा नं. ३ को गणना सुरु भएपछि पहिलो स्थानमा आइपुगेका हुन् । अधिकारीले ७८६ मत प्राप्त गरी अग्रता लिएका छन् ।

दुईवटा वडाको मात्रै मतगणना गर्दा अग्रस्थानमा रहेका माओवादी केन्द्रका प्रल्हाद बुढाथोकी अहिले भने तेस्रो स्थानमा पुगेका छन् । उनले ६३० मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका गोविन्द महत अहिले भने दोस्रो स्थानमा छन् । उनले माओवादीका बुढाथोकीलाई पनि पछि पार्दै ६९५ मत ल्याएका छन् ।

लालबन्दीमा साँझबाट तीन ठाउँमा मतगणना सुरु भएसँगै धमाधम मतपरिणाम आउन थालेको छ ।

यस्तै, लालबन्दीको उपमेयरमा कांग्रेसकी कल्पना पाख्रिनले ६५१ मतसहित अग्रता कायमै राखेकी छिन् भने एमालेकी सनसरीमाया थिंगले ६०१ मत ल्याएर पछ्याइरहेकी छिन् ।