logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पहिलो चरणको मतदाता नामावली संकलनको आज अन्तिम दिन


  • उज्यालो अभियान

लालबन्दीमा राखिएको मतदाता नामावली संकलन शिविर ।

लालबन्दी – सर्लाहीका विभिन्न आठवटा पालिकाका केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्न राखिएको शिविर आज (शुक्रबार) सकिँदै छ ।

राष्ट्रव्यापी अभियान अन्तर्गत सर्लाहीमा पहिलो चरणमा लालबन्दी, बागमती, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा ब्रह्मपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकामा मतदाता नामावली दर्ता कार्य सुरु गरिएको थियो । यि आठवटा पालिकाको केन्द्रबाट आज अन्तिम दिन मतदाता नामावली सङ्कलन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले जानकारी दिए ।

उनले नामावली दर्तामा भीड हुँदाहुँदै पनि अब अन्य स्थानमा सर्नुपर्ने अवस्था रहेको बताए । यि आठ पालिकामा गएको मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गर्न सुरु गरिएको थियो ।

जिल्ला निर्वान कार्यालयका प्रमुख भुजेलका अनुसार दोस्रो चरणमा पर्सी ४ गतेदेखि १८ गतेसम्म १५ दिन गोडैता, कविलासी र बलरा नगरपालिका तथा रामनगर, बसबरिया, विष्णु, चक्रघट्टा, कौडेना र धनकौल गाउँपालिकाको केन्द्रबाट मतदाता नामावली दर्ता शिविर सञ्चालन हुने जिल्ला निर्वाचन प्रमुख भुजेलले बताए । मलङ्गवा नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र बरहथवा तथा हरिवनमा ईलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली दर्ता हुनेभएकाले ती तीन पालिकाका केन्द्रमा भने यो अभियान सञ्चालन हुने छैन् ।