लालबन्दी – सर्लाहीको लालबन्दी, हरिवन लगायतका क्षेत्रमा अघि साँझ (बिहिवार साँझ) बाट विद्युत् अवरुद्ध छ ।
नवलपुरमा भर्खरै निर्माण पूराभई संचालनमा आएको ग्रिड सवस्टेशनमा खराबी आउँदा यस क्षेत्रमा बिहिवार साँझ ५ बजेतिरबाट बत्ती काटिएको हो । बत्ती नहुँदा साँझको समयमा सर्वसाधारण अन्धकारमा बस्नु परेको छ भने बिजुलीबाट हुने काम ठप्प भएका छन् ।
‘डीएस स्पार्क’ भएर बत्ती कटेको र अहिले प्राविधिकहरुले मर्मतको काम गरिरहेकाले केही समयपछि बत्ती सूचारु हुने नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ । लालबन्दी र हरिवन फिडरमा विद्युत् अवरुद्ध भएपनि मलंगवा, बरहथवा क्षेत्रमा भने वत्ती आइरहेको स्थानीयवासीले बताएका छन् ।