बलरा – सर्लाहीको बलरा नगरपालिकास्थित छतौना बजारमा वुधवार स्वर्गिय गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यता तथा पार्टीका नेताहरु राजेन्द्र महतो र अनिल झाको विशिष्ठ आतिथ्यतामा मधेश आन्दोलनका प्रणेता स्वर्गिय गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण गरिएको हो । बलरा नगरपालिकाका मेयर अभय कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभा सदस्य केदारनन्दन चौधरी, प्रदेश सभा सदस्य डिम्पल झा, उपेन्द्र महतो, गौरीनारायण साह, निलम देवी लगायतको उपस्थिति रहेको थियो ।
बलरा नगरपालिकाको सहयोगमा उक्त पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि मुनिल कुमार सिंहले ५ कठ्ठा जग्गा प्रदान गरेका छन् ।
लोसपाका नेताहरुले वुधवार नै गोडैता नगरपालिका–५, रामवनमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गरेका थिए । सो पार्टीले बिहिवार बयलवास बजारमा सोही किसिमको कार्यक्रम आयोजना गरेको छ ।