logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

तेस्रो मेयर कप : डिफेन्डिङ च्याम्पियन वडा नं. २ लाई हराउँदै वडा नं. ८ सेमिफाइनलमा


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा जारी तेस्रो मेयर कप फुटबलमा वुधवार वडा नं. ८ बिजयी भएको छ ।

वुधवार भएको खेलमा लगातार दुई पटक मेयर कप जितिसकेको वडा नं. २ लाई ४–२ गोलले स्तब्ध पार्दै वडा नं. ८ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमार्फत खेलको अन्तिम नतिजा निकालिएको प्रतियोगिताको आयोजक ऊँ युवा क्लबलाई उद्रित गर्दै संचारकर्मी राजु लो तामाङले जानकारी दिए ।

वुधवारको खेलमा बिजेता वडा नं. ८ का गोलरक्षक बाबुराम खत्री म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा बिहिवार वडा नं. वडा नं. १२ र आयोजकको रातो टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बागमती नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय ऊँ युवा क्लबले प्रतियोगिता आयोजना गरिरहेको हो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले २५ हजार नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।