logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कांग्रेसले जानकीनगरमा पार्टी प्रवेश कार्यक्रम गर्दै, गुरुराज घिमिरे लगायतले सम्वोधन गर्ने


  • उज्यालो अभियान

जानकीनगर – नेपाली कांग्रेसले मंगलवार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगरमा पार्टी प्रवेश कार्यक्रम गर्दै छ ।

जानकीनगरस्थित सवडिभिजन वन कार्यालय छेउको चौरमा पार्टी प्रवेश तथा चियापान कार्यक्रम राखिएको नेपाली कांग्रेस सर्लाहीका पूर्व पार्टी उपसभापति विनोद खनालले जानकारी दिए । कार्यक्रमलाई कांग्रेसका केन्द्रीय नेताहरुले सम्वोधन गर्दै छन् ।

पूर्व पार्टी जिल्ला उपसभापति खनालका अनुसार कार्यक्रमलाई पार्टीका नेताहरु गुरुराज घिमिरे, बद्री पाण्डे, मोहन बराल, सोभाकर पराजुली, उज्जवल बराल लगायतले सम्वोधन गर्नेछन् ।