भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा हिजोबाट स्वर्गिय वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ स्मृति कप २०७८ सुरु भएको छ ।
स्थानीय राम जानकी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको ईश्वरपुरका मेयर मनोज कुमार देवकोटाले उद्घाटन गरे । प्रतियोगितामा १९ वटा क्लबले सहभागिता जनाएका छन् । बिजेतालाई १ लाख ५ हजार र उपबिजेतालाई ५५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प
्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा सखुवनी युवा क्लबले आयोजक राम जानकी युवा क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा आज पहिलो खेलमा मध्यान्ह १२ बजे एभरेष्ट फुटबल एकेडेमी लालबन्दी र विर्ता फुटबल क्लब महोत्तरी तथा दोस्रो खेलमा दिउँसो २ बजे भरतपुर एफसी महोत्तरी र ईश्वरपुर ११ करमुहानबीच प्रतिस्पर्धा हुने आयोजक राम जानकी युवा क्लबका प्रशिक्षक राज दासले जानकारी दिए ।