logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बलरामा काका पुस्तकालय तथा वाचनालयको उद्घाटन


  • उज्यालो अभियान

बलरा – सर्लाहीको बलरा नगरपालिका वडा नं. ४ मा आइतवार काका पुस्तकालय तथा वाचनालयको उद्घाटन गरिएको छ ।

विश्व विकास सूचना दिवसको उपलक्ष्यमा आयोजक काका सामुदायिक सिकाई केन्द्रले बलरा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष केशव झाबाट पुस्तकालयको उद्घाटन गराएको हो । सम्मुन्नत नेपाल, यूनेस्को र कोईकाको सहयोगमा पुस्तकालय तथा वाचनालयको स्थापना गरिएको हो ।

पुस्तकालयमा विभिन्न थरीका पुस्तकहरु राखेर निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको काका सामुदायिक सिकाई केन्द्र बलराले जनाएको छ । कार्यक्रममा यूनेस्कोका सर्लाही फिल्ड को–अर्डिनेटर कविता चौधरी, रौतहट फिल्ड को–अर्डिनेटर दीपेन्द्र ठाकुर, समाजसेवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।