logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

राष्ट्रिय बाल दिवसमा ३०० विद्यार्थी पुरस्कृत


  • उज्यालो अभियान

बयलवास – राष्ट्रिय बाल दिवसका अवसरमा ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नको सहयोगमा मंगलवार सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ वटै वडामा हाजिरीजवाफ, वतृत्वकला लगायतका कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा ३०० सय विद्यार्थी पुरस्कृत भएका छन् । कार्यक्रमको ईश्वरपुर ६ स्थित नारायण माध्यमिक विद्यालयमा प्रधानाध्यापक फणिराज बरालको अध्यक्षता तथा मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाकी उपमेयर एकाबती देवी चौधरी, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसे, संस्थाका सचिव सूर्य चालिसे लगायतको उपस्थिति थियो ।
पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार स्वरुप विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरिएको संस्थाले जनाएको छ ।