हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ मा रहेको कैलाशपुरी बनबाटिकामा शनिवार वृक्षारोपण गरिएको छ ।
पर्यटकीय स्थल बनाउने उद्देश्यसहित हरिवन नगरपालिकाले विभिन्न संरचना निर्माण गरेको बनबाटिका परिसरमा एबोकाँडो, साल लगायत जातका विरुवा रोपिएको हो । वृक्षारोपणमा मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु, राजनीतिक दलका नेता, समाजसेवी, युवा, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
प्रज्वल ढुंगानाको नेतृत्वमा रहेको उपभोक्ता समितिमार्फत सडक लगायत अन्य संरचना निर्माण तथा सरसफाई गरी बनबाटिका क्षेत्रलाई अहिले चिटिक्क पारिएको छ ।