गुगलबाट साभार तस्बीर ।
नवलपुर – बोलबमका यात्रीहरुले निर्वाध रुपमा हिँड्न दिनुपर्ने माग गर्दै आइतवार दिउँसो सर्लाहीको नवलपुरमा केहीबेर राजमार्गमा होहल्ला गरेका छन् ।
ट्याक्टर, पिकअपजस्ता गाडीमा हिँड्दा दुर्घटनाको जोखिम रहेको भन्दै ट्राफिक प्रहरीले गाडी रोकेपछि यात्रीहरुले विरोध जनाएका हुन् । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ट्याक्टर र अन्य मालबाहक सवारीमा रहेका बोलबम यात्रीहरुलाई ट्राफिक प्रहरीले आइतवार बिहानैदेखि नवलपुरसहितका स्थानमा रोकेर सम्झाइबुझाई गरी अर्कै गाडीमा चढेर जान आग्रह गरेको थियो ।
यात्रीबाट विरोध भएपछि माथिल्लो निकायमा समन्वय गर्दा यात्रीहरुलाई सुरक्षित भएर यात्रा गर्न आग्रह गर्दै गाडी छाड्न निर्देशन आएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।