logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

९ बजे भनिएको विद्युत डेढ घण्टा ढिलो गरी सूचारु


  • उज्यालो अभियान

सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा आज बिहान साँढे ३ घण्टा अवरुद्ध भएको विद्युत् सूचारु भएको छ ।

रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनमा मर्मतको काम गर्नु परेकाले जिल्लाभरको बत्ती काटिएको थियो । बिहान ९ बजेसम्म मात्रै बत्ती काट्ने सूचना दिएपनि चन्द्रनिगाहपुरमै मर्मतको काम गर्दा गर्दै ढिला गरेर बिहान साँढे १० बजेपछि बत्ती छाडिएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले बताए ।

सर्लाहीमा सवस्टेशन नहुँदा सर्लाही जिल्लाभरका लागि चन्द्रनिगाहपुरबाट लाईन ल्याउने गरिएको छ । हाल लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही खोला नजिकै बनिरहेको सवस्टेशनको काम पूरा भएपछि सर्लाहीमा अहिलेको जस्तो बत्ती आउने–जाने समस्या कम भएर जाने प्राविधिकहरुले बताउँदै आएका छन् ।

छिन–छिनमै बत्ती गइरहने समस्याले जिल्लावासी हैरान हुँदै आएका छन् ।