मलंगवा – सर्लाही चेम्बर अफ कमर्सले वुधवार प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई स्वागत गरेको छ ।
संस्थाले सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरी भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतो र डीएसपी माधव प्रसाद बुढाथोकीलाई स्वागत गरेको हो । उनीहरु दुवै जनालाई दोसल्ला तथा फूलमालाले स्वागत गरिएको चेम्बरका वरिष्ठ उपाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए ।
चेम्बरका जिल्ला अध्यक्ष रामभक्त प्रधानको अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतोले जिल्लामा शान्ति सुरक्षा कायम गर्नेदेखि विकास र समृद्धिका लागि सबै निकाय र संघसंस्थासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा चेम्बरका केन्द्रीय सदस्य एवं सदरमुकाम मलंगवानिवासी व्यवसायी सन्जय गुप्ताले जिल्लाको वस्तुस्थितिबारे प्रकाश पारे ।
चेम्बरका महासचिव सुशील चालिसेले संचालन गरेका कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी महतो र डीएसपी बुढाथोकीलाई वुधवार नै प्राकृतिक स्रोत द्वन्द्ध रुपान्तरण केन्द्र, नेपालको तर्फबाट पनि कार्यकक्षमै पुगेर सम्मान गरिएको केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताईन् ।