logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चन्द्रनिगाहपुर सवस्टेशनको मर्मत गर्न सर्लाहीमा बत्ती काटियो, ९ बजेपछि सूचारु हुने


  • उज्यालो अभियान

सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा आज बिहानैदेखि विद्युत् अवरुद्ध भएको छ ।

रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनमा मर्मतको काम गर्नु परेकाले अहिले जिल्लाभर नै बत्ती काटिएको छ । मर्मतका लागि भन्दै चपुर सवस्टेशनबाटै बिहान सबा ७ बजेदेखि ९ बजेसम्म बत्ती काट्ने सूचना आएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

उनले जिल्लामा कुनै समस्या नभई उत्तैबाट बत्ती काटिएको बताए । सवस्टेशन मर्मतपछि पानी वा हावाहुरी आएर कुनै क्षति नगरे ९ बजेपछि बत्ती छाडिने झाले जनाए ।

सर्लाहीमा सवस्टेशन नहुँदा सर्लाही जिल्लाभरका लागि चन्द्रनिगाहपुरबाट लाईन ल्याउने गरिएको छ । अहिले लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही खोला नजिकै बनिरहेको सवस्टेशनको काम पूरा भएपछि सर्लाहीमा अहिलेको जस्तो बत्ती आउने जाने समस्या कम भएर जाने प्राविधिकहरुले बताउँदै आएका छन् ।

यसैबीच, सर्लाहीको मौसम अहिले बद्ली भएको छ । यस क्षेत्रमा पानी पर्ला जस्तो भई बाद्ली लागेको छ । हिजो दिउँसोपख पनि यस क्षेत्रको मौसममा बद्ली भई उत्तरी चुरेभेगका छेउछाउका बस्तीमा वर्षा भएको थियो ।