logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

१२ दिन ढिलो गरी धनकौलको ७ औँ गाउँ सभा अधिवेशन प्रारम्भ


  • उज्यालो अभियान

धनकौल – जिल्लाको धनकौल गाउँपालिकाले १२ दिन ढिलो गरी मंगलवार आफ्नो ७ औँ गाउँ सभा प्रारम्भ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामआश्रे साहको अध्यक्षता तथा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँ सभाको उद्घाटन गरिएको हो ।

गाउँ सभामा ३५ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय सहितको बजेट प्रस्तुत गरिएको छ ।