logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बेग्लाबेग्लै घटनामा चार जनाको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – जिल्लाका फरक-फरक स्थानमा भएका बेग्लाबेग्लै घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

बाँके खोलाले बगाएर ईश्वरपुर नगरपालिका–१३, का ४५ वर्षीय रामचन्द्र महतोको ज्यान गएको छ । खोलाको बीचमा अड्किकए रामचन्द्रकी श्रीमती रहन्ती देवीलाई भने प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका छन् ।

यस्तै, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा बगी खोलाले बगाएर सोही ठाउँका सुरेन्द्र हजारीकी छोरी १३ वर्षीया रिभा हजारीको ज्यान गएको प्रहरीले जनायो ।

त्यस्तै, कौडेना गाउँपालिका–५, छपकैयामा पोखरीमा डुबेर रामबाबु रायकी पाँच वर्षीया छोरी गुड्डी कुमारी रायको ज्यान गएको छ ।

त्यसैगरी, बलरा नगरपालिका–७, डुमरियास्थित बरहथवा–मधुवनी सडक खण्डमा बीआर ३० एच ०४३१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा खेलिरहेका कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डलको ज्यान गएको प्रहरीले जनायो ।