logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विद्युत सर्ट हुदा घरमा आगलागी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

गोडैता – बिजुलीको तार सर्ट हुदा भएको आगलागीबाट सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरमा एक घर जलेर नष्ट भएको छ ।

स्थानीय जगु साहको फुसको घरमा अचानक विजुलीको तार सर्ट भई आगलागी फस्को घर सहित घरमा भएको लत्ताकपडा, अन्नपात र अन्य सामानहरु जली पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो भएको आगलागीबाट साहको एक लाख ९० हजार रुपैंया बराबरको तथा नजिकै रहेको गोनउर महतोको फुसको घरमा आगो सल्कन गई घर आंशिक रुपमा क्षति भई ३० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबासी र सुरक्षाकर्मीको सकृयतामा नियन्त्रणमा लिईएको थियो ।