प्रतिकात्मक तस्बिर ।
कबिलासी – ईट्टाभट्टाले खनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कबिलासी नगरपालिका–७ स्थित लालबाबु रायको भट्टाले खनेको खाडलमा डुबेर १० बर्षीय बालकको मृत्यु भएको हो । बाख्रा चराउन गएको अवस्थामा ईट्टा भट्टाले खनेको खाडलमा जमेको पानीमा नुहाउने क्रममा कबिलासी नगरपालिका–५ रनिया निवासी मनोज कुमार मण्डलको छोरा १० वर्षीय रजनिश कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार दिउँसो भएको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।