सहयोग सामग्री लिएर पुगेको टोली । (तस्बिर : उज्यालो अभियान)
घुर्कौली – हरिवन नगरपालिकाको घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा एक व्यापारीले २० हजार रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् ।
सोमबार दिउँसो हरिवन बजार स्थित मोहन किरान पसलका संचालक मोहन दास, व्यवस्थापक राम प्रवेश दास र अबधेश दास लगायतले बालगृहमा २० हजार रुपैंया बराबरको खाद्यान्न सहयोग गरेको बालगृहका नविन लामाले जानकारी दिए । कोरोना महामारीका कारण आईपरेको संकटले गर्दा बालगृहका बालबालिकालाई कुनै अफ्ठ्यारो नहोस् भन्दै दास परिवारले हरिवन नगरपालिकाका वडाध्यक्ष शेष मेहबुब रेजा, बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, नरेश दास, बिबेक महत, लक्ष्मी दास लगायतको उपस्थितीमा चामल ४ बोरा, तेल १ कार्टुन, चिउरा १ बोरा, भुजा १ बोरा, मुसुरी दाल १ बोरा, चाउचाउ ४ काटुर्न, सरफ १ पोका, बिस्कुट १ कार्टुन, साबुन १ कार्टुन, नुन १ बोरा, चिनी १ बोरा र मरमसला सहयोग गरेको हो ।