logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बसबरियामा परालको टालबाट सूरु भएको आगलागीले घर र गोठ खरानी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

बसबरिया – सोमबार राती भएको आगलागीबाट बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा घर र गोठ जलेर खरानी भएको छ ।

स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको रुपलाल साहको घर र बुद्धि साहको गोठ जलेर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रुपलालको एक तले फुसको घर तथा घर भित्र रहेको धान, गहुँ, साईकल, लत्ताकपडा, झ्यालको काठ लगायत जल्ला एकलाख ७५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनायो । त्यस्तै बुद्धि साहको फुसको गोठ जल्दा ३५ हजार एवं २५ हजार रुपैंया बराबरको परालको टाल जलेर नष्ट भएको छ । राती साँढे ९ बजे स्थानीय, सुरक्षाकर्मी लगायतको सकृयतामा नियन्त्रणमा लिएको आगलागीबाट जम्मा दुईलाख ३५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी कसरी सूरु भयो भन्ने एकिन हुन नसकेको प्रहरीले जनायो ।