logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

काठमाण्डौंमा पानी परेर शित्तत हुँदा सर्लाहीसहित तराईमा उखरमाउलो गर्मी


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित मुख्य बजारको सडक । (तस्बिर : जनार्जन/उज्यालो अभियान)

लालबन्दी – काठमाण्डौं उपत्यकासहित देशका पहाडी ईलाकामा आज पानी परेर शित्तल भइरहँदा सर्लाही र यस आसपासका जिल्लामा भने गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।

आज दिनभर नै यस क्षेत्रका वासिन्दाले अत्यधिक गर्मी महसुस गरे । दिनभर चर्को घाम र रापिलो बतास चल्दा जनजीवन प्रभावित बन्यो ।

सर्लाहीमा यो वर्ष राम्रोसँग वर्षा हुन सकेको छैन् । केही दिनअघि एक झर ठूलै पानी परेपनि त्यसपछि फेरि चर्को घाम लाग्दा जताततै सुख्खापन बढेर गएको छ । अघिल्लो पटक परेको पानीमा मकै रोपेका जिल्लाका उत्तरी भेगका किसानले दोहो¥याएर पानी नपर्दा चिसो उडेकाले मकै उम्रिनै नसकेको गुनासो गरेका छन् ।

जिल्लाको चुरेभेग र राजमार्ग आसपासमा आकाशे पानीको भरमा मात्रै खेती हुन्छ । पानी नपर्दा प्रदुषण फेरि बढ्न थालेको छ । जिल्लामा अहिले निर्माणाधीन अवस्थामा रहेका विभिन्न भित्री बाटाघाटा र पूर्व–पश्चिम हुलाकी सडक अत्यन्त दयनीय अवस्थामा छन् ।

ग्रामीण भेगका वासिन्दालाई तातो घाम र धूलोले यात्रा गर्नै मुस्किल परिरहेको छ ।

उता, काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । वर्षासँगै केही ठाउँमा हल्का असिना समेत परेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । पानी परेपछि उपत्यकामा बटुवाहरु केहीबेर तितरबितर भए ।

यद्यपि कोरोना भाइरस नियन्त्रणका लागि आजदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएकोले पैदलयात्री र सवारी साधनको चाप थिएन । पानीसँगै आकाश धुम्म परेको छ । आज राति तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।