logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आप्रवासी कामदारको न्यायमा पहुँचका लागि ५ पालिकामा कार्यक्रम संचालन हुने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका ५ वटा पालिकामा आप्रवासी कामदारको न्यायमा पहुँच संवद्र्धन परियोजना संचालन हुने भएको छ ।

फिनल्याण्ड सरकारको सहयोगमा मानव अधिकारको लागि जनमञ्च (पिपुल फोरम) ले बिहिवार सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको संयोजकत्वमा समन्वय बैठक राखी परियोजना संचालनका लागि यहाँका ५ वटा पालिका छनौट गरेको हो । जसमा मलंगवा, कविलासी र ईश्वरपुर नगरपालिका तथा बसबरिया र कौडेना गाउँपालिका रहेका छन् ।

यो परियोजना अन्तर्गत आप्रवासी कामदारको न्यायमा पहुँच पु¥याउन पालिका स्तरका सरोकारवालाहरुसँग समन्वय गर्ने, सामाजिक सचेतना समूह गठन गर्नेलगायतका काम हुने बताइएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङ, जिल्ला सरकारी वकिल केशव प्रसाद गौतम, नेपाल बार एशोसिएन सर्लाहीका अध्यक्ष नरेश कुमार चौधरी, अधिवक्ता एवं कार्यक्रमका फोकल पर्सन मोहन राय यादव, आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता ज्ञानेन्द्र यादव, प्रहरी निरीक्षक जटाशंकर यादव, नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव सुनिल ठाकुरलगायतको उपस्थिति थियो ।