रामनगर – सर्लाहीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
जिल्लाको दक्षिण–पश्चिम ग्रामिण भेगमा पर्ने रामनगर गाँउपालिका–५, का ३२ वर्षिय एक पुरुषको मृत्यु भएको हो । ति पुरुष बिरामी परेर उपचारका लागि सुक्रवार मात्र विरगन्ज जानुभएको थियो ।
अस्पतालमा उपचारका क्रममा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । मृतकको शव अन्त्येष्टिका लागि शनिवार बिहान सर्लाही नै ल्याईएको छ ।
नेपाली सेनाले सरकारले बनाएको स्वास्थ्य मापदण्ड अनुसार शवको अहिले साँझ अन्त्येष्टि गर्ने तयारी गरिरहेको छ ।
यसअघि केहीदिन पहिले सदरमुकाम मलंगवाका एक पुरुष बिरामी परेर विरगन्ज उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा मृत्यु भएको थियो ।