logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रात्रीबसले ठक्कर दिँदा प्रहरी हबल्दार गम्भिर घाईते


  • उज्यालो अभियान

स्थानीय स्वास्थ्य केन्द्रमा उपचाररत दुर्घटनामा गम्भिर घाईते प्रहरी हबल्दार सिंह । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – नवलपुरबाट काठमाडौं जाँदै गरेको रात्रीबसको ठक्करबाट एकजना प्रहरी हबल्दार गम्भिर घाईते भएका छन् ।

सोमबार राती ८.बजे हरिवनबाट मोटरसाईकलमा पूर्वतर्फ जाँदै गरेका ईलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत प्रहरी हबल्दार सुवोध कुमार सिंहलाई रात्रीबसले ठक्कर दिएको हो । मलंगवाबाट काठमाडौं जाँदै गरेको बा. ४ ख २७२९ नम्बरको रात्रीबसले हरिवनबाट हरिपुरतर्फ ना. ३१ प ६८९९ नम्बरको मोटरसाईकलमा जाँदै गरेका प्रहरी हबल्दा सिंहलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूलदेखि केही पूर्व ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाईते सिंहलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज स्थित वयोदा अस्पतालतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । रौतहटको वृन्दावन नगरपालिका निवासी प्रहरी हबल्दार सिंह कार्यालयको कामको सिलसिलामा हरिवनबाट हरिपुरतर्फ मोटरसाईकलमा फर्कदै गर्दा बसको ठक्करबाट घाईते भएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम साहले दाबी गरे । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।