logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ईश्वरपुर लायन्स अध्यक्ष मिकरानीद्वारा वृद्धवृद्धालाई मिष्ठान्न भोजन


  • उज्यालो अभियान

जुटपानी – ईश्वरपुर लायन्स क्लब अफ सिटीका अध्यक्ष रुस्तम मिकरानीले वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् ।

मंगलबार बिहान लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रममा पुगेर मिकरानीले त्यहाँ आश्रीत वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका हुन् । मिकरानीले वृद्धाश्रममा आश्रीत सम्पूर्णलार्य मंगलबार बिहानको एकछाक मिष्ठान्न भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । कोइरालाका अनुसार आश्रमलाई सधैं माया गर्ने सहयोगी मनका धनी लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेज्युको समन्वयमा मिकरानीले आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । आश्रमका संस्थापक बाशुदेव शरण कोइराला, वर्तमान अध्यक्ष भवानी कोइराला लगायत आश्रमका सबैले मिकरानीप्रति आभार प्रकट गरेका छन् ।

यसैबीच बागमती नगरपालिका–७, निवासी रामकृष्ण त्रिपाठी र श्रीमति कालिका त्रिपाठीले स्वर्गीय आमा शिवमाया त्रिपाठीको छैठौँ वार्षिक पुण्यतिथिका अवसरमा सोमबार दिउँसो वृद्धाश्रममा खाजा खुवाउनुका साथै बेलुकाको भोजनको समेत व्यवस्था गरेका छन् । स्वर्गीय आमाको सम्झनामा आश्रममा आश्रित वृद्ध बुबाआमालाई भोजन गराउन सहयोग गरेकामा आश्रमकी अध्यक्ष कोईरालाले त्रिपाठी परिवारलाई धन्यवाद ज्ञापन गरेकी छिन् । यसरी विभिन्न मनकारी व्यक्तिहरुले आश्रममा सहयोग गर्दा आश्रम संचालनमा टेवा पुग्नुका साथै यस्तो पुण्यकार्य गर्नका लागि हौसला मिलेको पनि अध्यक्ष कोईरालाले जानकारी दिईन् ।