सांकेतिक तस्बिर ।
लालबन्दी – रोकिराखेको टिपरमा पछाडीबाट माईक्रो ठोक्किँदा एकजना गम्भिर घाईते भएका छन् ।
लालबन्दी नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर पुल नजिक रोकिराखेको बा. ४ ख ३३५० नम्बरको टिपरमा ना. ८ च ८१८३ नम्बरको हाईस माईक्रो पछाडीबाट ठोक्किँदा माईक्रोमा सबार ईश्वरपुर नगरपालिका–४ निवासी ३२ निवासी गोबिन्द लामा गम्भिर घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपर विपरित दिशाबाट आउँदै गरेको सबारी साधनलाई पास दिनका लागि शनिबार राती पौने नौ बजे पुल छेउमा रोकिएको थियो । पश्चिमबाटै आईरहेको माईक्रो टिपरको पछाडीपट्टि ठोक्किएको हो ।
टाउको, नाक र आँखा माथी चोट लागेर गम्भिर घाईते लामालाई लालबन्दी स्थित गढिमाई अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी राती नै वीरगंज स्थित न्युरो अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घटनामा संलग्न टिपर, टिपर चालक र माईक्रोलाई नियन्त्रणमा लिइएको र माईक्रो चालक भने फरार भएको प्रहरीले जनायो ।