logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत बहादुरपुरमा भएको सबारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–१ बहादुरपुर स्थित भारतीय सीमा नजिकै भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय BR30R7154 नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय BR30GA0796 नम्बरकै ट्याक्टर विहिबार साँझ एक आपसमा ठोक्किएको थियो । मोटरसाईकलको पछाडी बसेकी बहादुरपुर निवासी रामप्रवेश रायकी पत्नी ४९ वर्षीया ईन्द्रासनी देवी यादवको दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएकी इन्द्रसनीलाई उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मोटरसाईकल चालक बरहथवा नगरपालिका–१३ विन्वा टोल निवासी २३ वर्षीय रुपेश राय भने सामान्य घाईते भएका छन् । उनको मलंगवामै उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ l