प्रतिकात्मक तस्बीर ।
कबिलासी – सर्लाहीको कबिलासी नगरपालिकामा एक महिलाको बेवारीसे शव फेला परेको तीन दिन बितिसक्दा समेत पहिचान हुन सकेको छैन ।
कविलासी नगरपालिका–६, मदनपुरमा गत सोमबार एक महिलाको शव फेला परेको थियो । अन्दाजी ६५ वर्षीया मधेशी मूलको जस्तो देखिने ती महिलाको शव सदरमुका मलंगवा स्थित जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर राखिएको छ ।
मदनपुरस्थित गहुँ खेतमा मृत अवस्थामा फेला परेकी महिलाले रातो पहेँलो रंगको सारी लगाएको र कसैका आफन्त हराईरहेका भए प्रहरी कार्यालयमा सम्पर्क गरी शव पहिचान गर्न समेत जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।