logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सापकोटा दम्पतिद्वारा वृद्धाश्रममा मिष्ठान्न भोजन


  • उज्यालो अभियान

जुटपानी – लालबन्दी निवासी एक होटल व्यवसायीे परिवारले लालबन्दी–२, जुटपानीमा रहेको वृद्धाश्रममा मिष्ठान्न भोजन गराएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित नमस्ते होटेलका संचालक बैकुण्ठ सापकोटा र श्रीमति निलम सापकोटा दम्पतिले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा आश्रित वृद्धवद्धालाई मिष्ठान्न भोजन गराएका हुन् । सापकोटा दम्पतिले स्वर्गीय बुबा डिल्ली प्रसाद सापकोटाको १८ औँ वार्षिक पुण्य तिथीको अवसरमा आईतबार आश्रममा भोजनको व्यवस्था गरेका हुन् । सापकोटा दम्पतिले हरेक वर्ष स्वर्गीय आमा बुबाको पुण्य तिथीका अवसरमा आश्रममा आश्रित आमाबुबालाई मिष्ठान्न भोजन लगायत विभिन्न सहयोग गर्दै आएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।