logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चार सडक मानवको उद्धार


  • उज्यालो अभियान

नयाँरोड स्थित सञ्चालनमा ल्याईएको आश्रम भवन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सहारा गुमाएर सडकमा पुगेका थप चार जना सडक मानवलाई मानव सेवा आश्रम हरिवनले बुधवार उद्धार गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–११ बाट चार जना सडक मानवलाई उद्धार गरिएको आश्रमले जनाएको छ । उद्धार गरिएका चार जना मध्ये एकजना दृष्टिविहिन र अन्य तीन जना साहारा गुमाएर सडकमा रहेका ज्येष्ठ नागरिक रहेको बताईएको छ । उद्धार गरिएकाहरुलाई हरिवन नयाँरोड स्थित मानव सेवा आश्रममा राखिएको आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले जानकारी दिईन् ।

पुस ८ गतेदेखि माघ ८ गतेसम्म मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम नै सञ्चालन गरेर मानव सेवा आश्रमले विभिन्न जिल्लाहरुबाट अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’लाई उद्धार गरेको छ । आश्रममा अहिले सम्म ६५ जना सडक मावनलाई उद्धार गरी आश्रय दिएको संस्थाका जिल्ला संयोजक केसीले बताए ।

मासिक ४२ हजार रुपियाँ भाडा तिर्नेगरी घर भाडामा लिएर सञ्चालनमा रहेको यस आश्रमलाई संञ्चालनमा आएदेखि स्थायित्व दिनका लागि विभिन्न पालिका, संघसंस्था तथा व्यक्तिगत तर्फबाट पनि सहयोग प्राप्त भईरहेको छ ।