logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – मोटरसाइकलको ठक्करबाट सर्लाहीको सदरमुकाम मलंगवामा बिहिवार दिउँसो एक पैदलयात्रीको मृत्य भएको छ ।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका–११ गम्हरियामा ना. ४३ प ५६९१ नम्बर मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–७ गणेशियाका ६० बर्षिय धरिक्षण महराको मृत्यु भएको हो । मलंगवाट नवलपुर तर्फ जाँदै गरेको मोटरसाईकलले दिउँसो पौने १ बजे ठक्कर दिँदा गम्भिर घाइते महराको जिल्ला अस्पताल मलंगवा उपचारका लागि लैंजादै गर्दा बीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लालबन्दी नगरपालिका–१, नवलपुर निवासी मोटरसाईकल चालक २६ वर्षिय अवलेश मिकरानी तथा मोटरसाईकल नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो । प्रहरीका अनुसार मृतक महराको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवामै राखिएको छ ।