logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बलरा र रामनगरमा दुई बेवारिसे शव फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा, १२ कात्तिक – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बलरा र रामनगरमा दुई जना बेवारिसे पुरुषको शव फेला परेको छ ।

आज दिउँसो रामनगर गाउँपालिका–३, बहुअर्वामा मृत फेला परेका करिव ३० वर्षीय पुरुषको अहिले साँझसम्म पहिचान खुल्न सकेको छैन् । रामनगर गाउँपालिकाको कार्यालयतर्फ जाने सडकको छेउमा बेवारिसे पुरुषको शव फेला परेको हो ।

त्यसैगरी बलरा नगरपालिका–१, हथिऔलमा हिजै बिहान मृत फेला परेका पुरुषको समेत आज साँझसम्म पहिचान खुल्न सकेको छैन् । सडक छेउमा पानी जमेको खाल्डोमा पहिचान खुल्न नसकेको करिव ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

दुवै स्थानका मृतकको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।