हरिपुर, ११ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका ४ हरैयामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
बीआर ०६ सिएल १४७१ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँका ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका १ किसनपुरका २२ वर्षीय पुरुषोत्तम राय यादवसमेत घाइते भएका प्रहरीले जनाएको छ ।