नवलपुर, ०६ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रय दिएर राखिएका एक अशक्त व्यक्तिलाई आज ह्वील चेयर सहयोग गरिएको छ ।
आश्रममा शरण लिएर बस्ने रौतहटको गरुडा नगरपालिका निवासी ६५ वर्षीय मोहनप्रसाद चौधरीलाई एक थान ह्वील चेयर प्रदान गरिएको हो । लालबन्दी घर भइ हाल डेनमार्क बस्दै आएका भुवनध्वज थापाबाट प्राप्त ह्वील चेयर आज बिहान अशक्त चौधरीलाई आश्रममै पुगेर हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार आश्रमकी अध्यक्ष भवानी कोइरालासँग समन्वय गरी अशक्त चौधरीलाई विदेशमा रहेका थापाको सहयोगमा ह्वील चेयर प्रदान गरिएको हो ।
थापाले यसरी बारम्बार यस क्षेत्रका अशक्त, असहायक र विपन्न वर्गका मानिसलाई सहयोग प्रदान गर्दै आइरहेका छन् ।