logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अपडेट : घाइते विवेक मण्डललाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो


  • उज्यालो अभियान

मलंगवा, २६ असार – सर्लाहीको गोडैता नगरपालिका-१०, सिसौटियामा शुक्रबार दिउँसाे आत्मदाहको प्रयास गरेका युवकलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट साँझ काठमाडौँ लगिएको छ ।

सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले घर नजिकै शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएका र भखरै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले उज्यालो अभियानसँग बताए ।

आफैले आफूलाई आगो लगाउँदा जलेर गम्भीर घाइते युवकलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न सकेको छैन् । घाइते युवकको शरीरको अधिकांश भाग जलेको छ ।