logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मनोकामना बुहउद्देश्यीय सहकारी संस्थाद्वारा डस्टबिन सहयोग


  • उज्यालो अभियान

हरिवन, २५ असार – सर्लाहीको हरिवन नगरपालिका ११ मा केन्द्रीय कार्यालय रहेको मनोकामना बुहउद्देश्यीय सहकारी संस्थाले १० थान डस्टबिन सहयोग गरेको छ ।

बजार तथा सार्वजनिक स्थानमा राख्नका लागि उद्योग वाणिज्य संघ हरिवनलाई उपलब्ध गराई दिन चेम्बर अफ कमर्स हरिवनमार्फत सहकारीले १० थान डस्टबिन प्रदान गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत चेम्बर अफ कमर्सका प्रतिनिधिलाई डस्टबिन हस्तान्तरण गरेको मनोकामना बुहउद्देश्यीय सहकारी संस्थाका लेखा प्रमुख सविनहरि अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रममा सहकारीका संचालक तथा कर्मचारी र चेम्बर अफ कमर्स हरिवनका पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।