logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बाल समूहद्वारा सरोकारवालालाई सम्मान


  • उज्यालो अभियान

घारिबथान, १४ असार – सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानमा आज संघर्ष बाल क्लबले स्थानीय सरोकारवालालाई सम्मान गरेको छ ।

ग्रामीण नारी उत्थान संघको आर्थिक सहयोगमा उक्त वडाभित्रका जनप्रतिनिधि, शिक्षक, अधिकारकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मीलगायत २७ जनालाई बाल समूहले सम्मान गरेको हो । बालबालिकाले संचालन गर्ने हरेक क्रियाकलापमा सहयोग गरेको भन्दै सरोकारवालाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बालबालिकाको आगामी योजना तथा अहिलेसम्म भए गरेका कामबारे सहभागीलाई जानकारी गराइएको छ ।

संघर्ष बाल क्लबका अध्यक्ष प्रवीण बुढाथोकीको अध्यक्षता, सदस्य खुसी साहको संचालन र सीमा महतोको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडाध्यक्ष देविबहादुर खत्री (शिव) लगायत अन्य सरोकारवालाले बाल अधिकारका लागि निरन्तर लागिपरिरहने प्रतिवद्धता व्यक्त गरेका ग्रामीण नारी उत्थान संघकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिइन् ।