मलंगवा, १२ असार – सर्लाहीबाट निर्वाचित सांसद, पालिकाका प्रमुख, सुरक्षा अधिकारीलगायतबिच आज सदरमुकाम मलंगवामा छलफल गरिएको छ ।
जिल्लाका विशिष्ठ व्यक्तिहरुबिच जिल्लाको समग्र शान्ति सुरक्षा, विपत् व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल भएको हो । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा आयोजित छलफलमा सर्लाहीका सांसदहरु नरेन्द्र साह कलवार, नितीमा भण्डारी कार्की, डा. अमरेशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, पालिकाका प्रमुख, विभिन्न कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा सबै पक्षबिच यसरी पहिलो पटक छलफल सम्पन्न भएको हो ।