logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सशस्त्र प्रहरीले बागमतीमा गर्यो उद्धार अभ्यास


  • उज्यालो अभियान

बागमती, ०६ असार – सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासको आयोजनामा सर्लाहीको बागमती नदीमा उद्धार अभ्यास प्रदर्शन गरिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर र सर्लाहीको बागमती नगरपालिका-११ स्थित बागमती नदीमा मधेश प्रदेश सरकार, गृह संचार तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा छिन्नमस्ता बाहिनीको आयोजनामा शुक्रबार बिहान उद्धार अभ्यास गरिएको सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । मधेश प्रदेशका जिल्लाहरुमा हुन सक्ने मौसमजन्य विपद्लाई मध्यनजर गर्दै जल उत्पन्न विपद् उद्धार कृत्तिम घट्नाको (Simulation Exercise) “साहस” कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री फकिरा महतोको प्रमुख आतिथ्थता रहेको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायममुकायम प्रदेश प्रमुख सचिव कमलप्रसाद भट्टराई, सर्लाही र रौतहटका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरु, रौतहट र सर्लाहीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय मधेश प्रदेशका प्रमुख राष्ट्रिय अनुसन्धान निर्देशक माधव प्रसाद तिमिल्सिना, छिन्नमस्ता बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुभाष भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

जल उत्पन्न विपद् उद्बार कृत्रिम घट्नाको “साहस” कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटबाट सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहको कमाण्डमा ३५ जनाको टोली र सुरक्षा वेश सुन्दरपुर चोहडवा सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक डवल बहादुर ऐडीको कमाण्डमा ५० जना गरी ८५ जनाको टोलीले बाढी, डुबान लगायत विपद् उद्धार अभ्यास प्रस्तुती गरेको थियो ।