logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही प्रहरीद्वारा अदालतबाट दण्ड सजाय ताेकिएका फरार १५ जना दाेषि पक्राउ


  • उज्यालो अभियान

मलंगवा, ०४ असार – अदालतबाट विभिन्न मुद्धामा दण्ड सजाय ताेकिए पनि फरार रहेका १५ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ ।

चेक अनादर मुद्धाका १ जना, जालसाजी मुद्धाका ९ जना, अनुचित लेनदेनका १ जना, ज्यान मार्ने उद्याेगका २ जना र घर भत्काई जग्गा खिचोला चलन मुद्धाका २ जना गरी १५ जनालाई पक्राउ गरी सर्लाही जिल्ला अदालत मलंगवामा बुधबार दाखिला गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । प्रनाउ गाैतमका अनुसार उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।