हरिवन, ३० जेठ – चापिनी टाेल विकास संस्थाकाे आयाेजनामा आज (शनिबार) बिहान स्थानीय लक्ष्मिनारायण मन्दिर क्षेत्रमा सरसफाई गरिएकाे छ ।
हरिवन नगरपालिका-८ चापिनीस्थित मन्दिर वरिपरी सरसफाई गरिएकाे हाे । मन्दिर वरिपरी सडक किनारका झाडी कटान तथा फाेहरमैला संकलन गरिएकाे स्थानीय महिलाहरुले बताएका छन् । सरसफाई कार्यक्रममा पुरुषहरु न्यून थिए भने महिलाहरुकाे संख्या बढी थियाे । आगामी हरेक १५-१५ दिनमा गाउँमा सरसफाई कार्यक्रम राखिने पनि स्थानीय महिलाहरुले बताएका छन् ।