logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ट्राफिक प्रमुख साहसहित सर्लाहीका ईन्स्पेक्टरहरुकाे सरुवा


  • उज्यालो अभियान

मलंगवा, २९ जेठ – सर्लाहीस्थित नेपाल प्रहरीका विभिन्न युनिटमा कार्यरत पाँचजना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) हरुकाे सरुवा भएकाे छ ।

प्रहरी प्रधान कार्यालयले गत बुधबार मुलुकभरका ५०९ जना ईन्स्पेक्टरहरुकाे सरुवा सूची प्रकाशित गर्दा सर्लाहीका पाँचजना परेका हुन् । जसअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अशाेक कुमार साहकाे नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएकाे छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख बीरेन्द्र सिंह जाेहारीकाे लागूऔषध नियन्त्रण ब्यूराे काेटेश्वर, काठमाडाैं सरुवा भएकाे छ भने इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रमुख पवन जंग कार्की काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपाेखरी सरुवा भएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा कार्यरत ईन्स्पेक्टर विशाल बहादुर बुढाथाेकीकाे इलाका प्रहरी कार्यालय टाेकरपुर, रामेछाप प्रमुखकाे रुपमा सरुवा भएकाे छ भने ईन्स्पेक्टर बिन्देश्वर यादवकाे नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, सुनसरी सरुवा भएकाे छ ।