संग्रामपुर, १३ जेठ – भारतीय क्षेत्रस्थित संग्रामपुरमा एक पुरुषकाे शव फेला परेकाे छ ।
पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिक दशगजा क्षेत्रमा अन्दाजी ४५/५० वर्षकाे जस्ताे लाग्ने पुरुषकाे शव मंगलबार दिउँसाे सबा ३ बजे फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । मृतककाे,हातमा लगाएकाे बालामा जगन राउत लेखिएकाे फेला परेपनि हालसम्म पहिचान खुल्न नसकेकाे प्रहरीले जनायाे ।
मृतककाे कपडाकाे खल्तीबाट १० र २ रुपैंयाकाे भारतीय सिक्का फेला परेकाे छ । शव पाेष्टमार्टमका लागि मंगलबार साँझ नै सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएकाे प्रहरीले जनायाे ।