logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सडेकाे अवस्थामा पुरुषकाे शव फेला पर्याे


  • उज्यालो अभियान

Oplus_131072

गाेडैता, २८ वैशाख – गोडैता नगरपालिका-६ बग्दहस्थित चिनी उद्याेग नजिक सडिसकेकाे अवस्थामा पुरुषकाे शव फेला परेकाे छ ।

आइतबार दिउँसाे साँढे ४ बजे हुलाकी राजमार्गको छेउमा ४०/४५ वर्ष अनुमान गरिएकाे पुरुषकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । प्रहरीका अनुसार सडिसकेकाे अवस्थामा शव फेला परेकाले पहिचान खुल्न सकेकाे छैन ।

शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।