लालबन्दी, १० बैशाख – सर्लाहीको ईश्वरपुर र लालबन्दीका दुई जना अशक्तलाई लायन्स क्लबले ह्वील चेयर प्रदान गरेको छ ।
ईश्वरपुर नगरपालिका ८ निवासी सहदेव कार्की र लालबन्दी नगरपालिका ९ निवासी रत्नबहादुर पाख्रिनलाई एक/एक थान ह्वील चेयर प्रदान गरिएको हो ।
लालबन्दी घरभई हाल डेनमार्कमा बस्ने भुवनध्वज थापाको सहयोगमा उनीहरुलाई ह्वील चेयर प्रदान गरिएको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।