गोडैता, ०५ बैशाख – सर्लाहीको गोडैता बजारमा आज साँझ कैँची प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
पुरानो रिसिबीका कारण कैँची प्रहार हुँदा गोडैता नगरपालिका–७, बस्ने १८ वर्षीय आकाश दास घाइते भएका हुन् । साँझ ६ः१५ बजेतिर भएको उक्त घटनामा घाइते भएका युवकलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि अहिले राति ८ः१० बजेतिर नेशनल मेडिकल कलेज वीरगन्ज रेफर गरिएको छ ।
कैँची प्रहारबाट आकाशको टाउको र पिठ्यूमा चोट लागेको छ । प्रहरीले कैँची प्रहारमा संलग्न गोडैता ७ कै १८ वर्षीय इबरान दर्जी मिया र १८ वर्षकै अपसैद बैठालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरी चौकी गोडैताबाट थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याइएको प्रहरी निरीक्षक विन्देश्वर यादवले उज्यालो अभियानसँग बताए ।